एमाले सङ्खुवासभाले टुङ्गो लगायो जिससका उमेद्वार



फोटो साभारः खड्गबहादुर राई, सचिव एमाले संखुवासभा ।

सङ्खुवासभा, साउन १८ गते । नेकपा एमाले सङ्खुवासभाले जिल्ला समन्वय समितिका लागि आफ्नो उमेद्वारको टुङ्गो लगाएको छ । नेकपा एमाले जिल्ला कमिटीको मंगलबार बसेको बैठकले ९ जना उमेद्वारहरु छानेका छन् ।

जिल्ला समन्वय समितीको प्रमुखमा सुमन शाक्य (खाँदबारी, र उपप्रमुखमा अम्बिका खवास (धर्मदेवी) लाई उमेद्वार बनाउने भएका छन् । अन्य सदस्यहरुमा कृष्णकुमार तामाङ् (चैनपुर), लोकेन्द्र तामाङ (खाँदबारी), धनलक्ष्मी राई (मकालु), सरश्वती विक (सभापोखरी), जानुका बस्नेत (पाँचखपन), टासी भोटे (भोटखोला) र प्रभुराम खुलाल (मादि) रहेका छन् । नेपाली कांग्रेसले भने साउन २२ गते मात्र टुङ्गो लगाउने बताईएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको मात्र जिल्ला सभामा उपस्थिती रहेकोमा एमालको ११ र कांग्रेसको ९ सदस्यहरु छन् ।

सम्बन्धित समाचार