घरघरै सामाजिक सुरक्षा भत्ता बाढ्दै पाँचखपनका जनप्रतिनिधीहरु




पाँचखपन, सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिकाका नौ वटै वडाका जनप्रतिनिधीहरु सामाजिक सुरक्षा भत्ता बाड्न नागरिकको घरमै पुगेका छन् । आफुहरुलाई नागरिकहरुले जिताएपछि नागरिकले पाउने सेवाको सहजता अनुभुति गराउन भन्दै जनप्रतिनिधीहरु घरघरै पुग्ने गरेका हुन् ।

निर्वाचित प्रतिनिधीहरुले जनताको घरमै पुगी अपाङ्ग भत्त्ता, वृद्व भत्त्ता, लगायतका सामाजिक सुरक्षा भत्ताहरु बाँडिरहेका छन् । नगरपालिकाको १ नं. वाडामा सबै सुरक्षा भत्ताहश्र प्रदान गरि सकिएको वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताए । सो वडामा सम्पुर्ण भत्ता बाड्न २० दिन लागेको समेत उहाँले जानकरी दिनुभयो । अन्य वडाहरुमा पनि सम्बन्धीत वडाका अध्यक्ष लगायत सदस्यहरु घरदैलोमा रहेको उनीहरुले बताएका छन् ।

नागरिकको घरमै पुगेपछि सेवा दिँदा नागरिकहरु पनि खुसी हुने र स्थानीय प्रतिनिधी पाएपछि सहज महशुस गर्ने गरेको जनप्रतिनिधीहरुले बताउने गरेका छन् । त्यति मात्र नभएर घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता बाड्दा मृत्तकहरुको नाममा भत्ता लिईरहनेहरुको पहिचान समेत भएको पाँचखन नगरपालिका २ का वडा अध्यक्ष उत्तम दाहालले बताउनुभयो । हालसम्मा ४ जना मृत्तकको नाममा बृद्धभत्ता बुझ्दै आएको पत्ता लागेको समेत अध्यक्ष दाहालले जानकारी दिनुभयो । ‘केहि ब्यक्तिहरुले भत्ताको लोभले मृत्यू दर्ता गराउदैनन्, त्यो हामीले पाएका छौँ’, दाहालले भन्नुभयो । ‘कुन वडामा भत्ता लिने व्यक्तिहरु कति छन् भन्ने तथ्याङ्क पत्ता लाग्न अझै केही दिन लाग्ने देखिन्छ, दाहालले थप्नुभयो, ‘कति जनाको मृत्यु भईसकेपछि पनि भत्ता लिदै आइरहेका छन् भन्ने पुष्टि हुन पनि बाँकी नै छ ।’

प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता बाँड्ने काम सकिए पछिमात्र नगरपालिकाको सही तथ्याङ्क आउने नगरपालिकाका मेयर विपिन राईले बताउनुभयो । सबै वडाको तथ्याङ्क आएपछि मृत्यु भएका व्यक्तिको नाममा भत्ता लिनेहरुलाई कारवाही समेत गर्न सकिने मेयर राईको भनाई छ । अहिले करिब ९० प्रतिशत सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको हातमा पु¥याइ सकिएको उपमेयर भिमादेवी राईले बताउनुभयो ।

 

सम्बन्धित समाचार