तेह्रथुमको छथरमा उत्पादन गरिएको बन्दाले मुल्य पाएन



तेह्रथुम । तेह्रथुमको पश्चिमी क्षेत्रमा कृषकहरुले उत्पादन गरेको बन्दाले राम्रो मुल्य नपाएपछि बोटमै कुहिन थालेको छ । जिल्लाको छथर गाँउपालिका वडा नम्बर १, २, ५ र ६ का कृषकहरुले उत्पादन गरेको बन्दाले मुल्य नपाएपछि बोटमै कुईन थालेको हो ।

गत बर्ष प्रतिकेजी १० देखी २० रुपैयाँमा बिक्री भएको बन्दा यस बर्ष प्रतिकेजी ३ रुपैयाँमा मात्र बिक्री हुने भएपछि भएपछी कृषकहरुले उत्पादन गरेको बन्दा बारीमा नै कुहिन थालेको स्थानीय कृषक टिका लिम्बु बताउनु भयो । ‘किसानहरुले उत्पादन गरको बन्दाले मुल्य पाउन सकेन, तरकारी बालीको मेहनत बालुवाको पनि झै भयो’, लिम्बुले भन्नुभयो ।

यहाँका किसानको मुख्य आयश्रोत नै तरकारी रहेको तर यस बर्ष उचित मुल्य नपाएकोले आाफुहरु मारमा परेका किसानहरुको भनाई छ । परम्परागत खेती गर्न छोडेर ब्यवसायीक तरकारी कृषक भएपनि तरकारीले मुल्य नै नपाएपछि ब्यापारीको दाममा बेच्नु परेको अर्का कृषक डालेश्वर लिम्बु बताउनुहुन्छ ।

छथर गाउँपालिकामा किसानहरुले १० देखी ३५ रोपनी जग्गामा बन्दाको खेती गर्दै आएका छन । यहाँका कृषकहरुले उत्पालन गरेको कृषीजन्य सामाग्री पुर्बको बिर्तामोड, चारआली, बिराटनगर र धरानका कृषी बजारमा बिक्री हुँदै आएको छ । कृषकहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री बिक्रीका लागि राज्यले दिर्घकालिन कार्यक्रम ल्याउनु पर्ने कृषकहरुले बताएका छन ।

सम्बन्धित समाचार