उद्योग बाणिज्य संघ सङ्खुवासभामा दुई प्यानलको उम्मेदबारी




साउन २३ सङ्खुवासभा । सङ्खुवासभा उद्योग वाणिज्य संघमा सुमन श्रेष्ठ र युवराज शाक्यको प्यानको उम्मेदवारी दर्ता भएको छ । उद्योगी तथा व्यवसायिहरुको छाता संगठन उद्योग बाणिज्य संघको आईतबार देखि सुरुभएको १२ औ बार्षिक साधारणसभा मार्फत सोमबार मतदान हुने भएको छ ।

यस पटकको निवार्चनमा प्यानल मार्फत उम्मेवदारी दर्ता गराए संगै उम्मेदवारहरु राजनीतिक रुपमा दुई धारमा बाडिएका छन् । श्रेष्ठको नेतृत्वको प्यानलमा एमाले निकटका व्यापारीहरुको बाहुल्यता बढी भए पनि प्यानलमा नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति लगायतका केही साना दलका व्यापारीलाई समाबेस गरेको छ । शाक्य नेतृत्वको प्यानल कांग्रेस निकटको मानिन्छ ।

श्रेष्ठ प्यानलको प्रथम उपाध्यक्ष लेखनाथ बुढाथोकी, द्वितिय उपाध्यक्ष दलबहादुर वि.क, महासचिव रामकुमार खत्री, सचिव सोहनकुमार श्रेष्ठ, कोषध्यक्ष रमेश श्रेष्ठ, सह–कोषाध्यक्ष शिला श्रेष्ठ र १६ जना सदस्य रहेको छन् । त्यसैगरी शाक्य प्यानलको प्रथम उपाध्यक्षमा कृष्ण भगतप्रधान, द्वितिय उपाध्यक्ष डेगराज बस्नेत, महासचिव सरोजकुमार बज्राचार्य, सचिव सञ्जीव कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन गौली, सह–कोषध्यक्ष डाक्टर प्रसाद पराजुली र १६ जना सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन नजिकिए संगै उम्मेदवारहरु गाउँगाउँका मतदाता व्यवसायिसम्म गएर मत आफ्नो पक्षमा पार्ने दाउमा लागेका छन् । पहिलो पटक निर्वाचन हुने भए पछि अधिकांस व्यवसायिहरु मतदान गर्न उत्साहित बनेका छन् । यस अघिका साधारसभ हुदाँ आफुलाई जानकारी समेत हुदैन थियो तर अहिले चुनाव हुने भएकाले आफुहरुलाई उम्मेदवारले घरमा नै भेट्न आउने गरेको एक व्यवसयीले बताए । पहिले केहीव् यक्तिहरुको मिलेमतोमा समितीको छनौट गरेको व्यवसायिहरुको आरोप छ । अव आफैले नै प्रतिनिधी छान्न पाउने भए पछि व्यवसायिहरु हर्सित भएको बताउँछन् । निर्वाचनबाट सक्षम व्यक्तिहरु निर्वाचित हुनेमा व्यवसायिहरु आशावादि छन् ।

निर्वाचनबाट ७ पदाधिकारी र १६ जना सदस्यहरु निर्वाचित हुनेछन् । निर्वाचनमा प्रतिस्पर्धीहरु बिच सहमति हुन नसके पछि मतदान मार्फत नै नेतृत्व चयनको प्रकृया अगाडी बढाईएको संखुवासभा उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत रमेश भट्टराईले जानकारी दिनुभएको छ । बिगतमा सहमतीमा नेतृत्व चयन हुने परंम्परालाई तोड्दै यस पटक निर्वाचन हुन लागेको हो ।

संघमा १ सय २७ जना आजिवन सदस्य र १ हजार ६ सय ५१ जना साधारण सदस्यहरु गरि १ हजार ७ सय ७८ मतदाता रहेका छन् । जिल्लाको चैनपुर, मुढे र बाह्रविसेमा संघको शाखा रहेको छ ।

 

यो पनि पढ्नुहोस ।

उद्योग बाणिज्य संघको साधारणसभा सुरु

सम्बन्धित समाचार