कृषकको श्रमको न्याय र सम्मानको पक्षमा आदिबासी पत्रकारः फोनिज महासचिव राई




नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) का महासचिव गजुरधन राईले कृषकको न्यायको पक्षमा फोनिजमा आबद्ध पत्रकारहरुले कलम चलाएको बताउनुभएको छ । कृषकहरुको अवस्थाको बारेमा गत बिहिबार धनकुटाको हिलेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा महासचिव गजुरधन राईले फोनिजको बारेमा प्रट्याउदै कृषकहरुका समस्यालाई समुचित स्थानमा पु¥याउदै श्रमको न्याय तथा सम्मानका लागी आदिबासी जनजाती पत्रकारहरुले समाचार सम्प्रेषण गर्दै आएको बताउनुभएको हो ।

डेनमार्क सरकारको सहयोग, आइएलओको सहकार्य तथा फोनिजको आयोजनामा भएको कार्यक्रममा कृषि पेशाको उन्नती र प्रबद्र्धनका लागि कृषकहरुको समस्या र चुनौतीलाई फोनिजमा आबद्ध पत्रकारहरुले सम्बन्धीत निकाय सम्म पु¥याउन सके कृषकहरुलाई ब्यावसायिक बनाउनमा टेवा मिल्ने महासचिव राईले उल्लेख गर्नुभयो । ४७ वटामा जिल्लामा शाखा कार्यलय बिस्तार भएको फोनिज अन्र्तगत ३ हजार बढि पत्रकारहरुहरु आबद्ध रहेको समेत अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उन्नती परियोजनाको सहयोगमा आई एल ओ अन्र्तगत चुनौति वकालत मञ्चको सहजिकरणमा पुवाञ्चलका ७ जिल्लाका ३५ जना आदिबासी जनजाती पत्रकारहरुलाई मिडिया फेलोसिप समेत प्रदान गरेकाले फोनिजमा आबद्ध पत्रकारले कृषकहरुको पक्षमा कृषजन्य सामाग्री उत्पादन तथा बजारीकरणका लागी समाचार लेखन गर्ने जनाएका छन् । स्थानिय उत्पादन अलैँची, अदुवा, दूध र चियाको ब्यावसायिक प्रबद्र्धनका लागी बिभिन्न सञ्चार बाट समाचार प्रकाशन तथा प्रसारण गर्ने सहभागी पत्रकारहरुले प्रतिबद्धता समेत जनाएका छन् ।

दुध, अदुवा, अलैंची र चियाको क्षेत्रमा काम गर्दै आएका कृषक, विषयगत कार्यलय, राजनैनितीक दलका नेता, विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा स्थानिय कृषकहरुले आ आफ्नो उत्पादने बारेमा जिज्ञासा तथा सवालहरु राखेका थिए । कार्यक्रम धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीको प्रमुख आथित्य तथा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) का केन्द्रिय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

सम्बन्धित समाचार