उद्योग बाणिज्य संघ सङ्खुवासभाको मतदान सुरु (फोटो फिचर सहित)



सङ्खुवासभा, साउन २३ गते । उद्योग बाणिज्य संघ सङ्खुवासभाको मतदान सुरु भएको छ । यस पटक बाणिज्य संघमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस निकट मानिएका युवराज शाक्यको प्यानल र केही साना दलहरु सहित नेकपा एमालेको प्यानल मानिएको सुमन श्रेष्ठको प्यानल चुनावी मैदानमा उत्रिएका हुन् ।

श्रेष्ठको नेतृत्वको प्यानलमा एमाले निकटका व्यापारीहरुको बाहुल्यता बढी भए पनि प्यानलमा नेकपा (माओदी केन्द्र), नयाँ शक्ति लगायतका केही साना दलका व्यापारीलाई समाबेस गरेको छ । शाक्य नेतृत्वको प्यानल कांग्रेस निकटको मानिन्छ । श्रेष्ठ प्यानलको प्रथम उपाध्यक्ष लेखनाथ बुढाथोकी, द्वितिय उपाध्यक्ष दलबहादुर वि.क, महासचिव रामकुमार खत्री, सचिव सोहनकुमार श्रेष्ठ, कोषध्यक्ष रमेश श्रेष्ठ, सह–कोषाध्यक्ष शिला श्रेष्ठ र १६ जना सदस्य रहेको छन् ।

त्यसैगरी शाक्य प्यानलको प्रथम उपाध्यक्षमा कृष्ण भगतप्रधान, द्वितिय उपाध्यक्ष डेगराज बस्नेत, महासचिव सरोजकुमार बज्राचार्य, सचिव सञ्जीव कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन गौली, सह–कोषध्यक्ष डाक्टर प्रसाद पराजुली र १६ जना सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

संघमा १ सय २७ जना आजिवन सदस्य र १ हजार ६ सय ५१ जना साधारण सदस्यहरु गरि १ हजार ७ सय ७८ मतदाता रहेका छन् । जिल्लाको चैनपुर, मुढे र बाह्रविसेमा संघको शाखा रहेको छ ।
हेरौ मतदानका केही तस्बिरहरु:

 

सम्बन्धित समाचार