उद्योग बाणिज्य संघ सङ्खुवासभाको मत गणना जारी, ८ सय मत गन्दा शाक्य प्यानल अगाडी




संखुवासभा, साउन २४ गते । हिजो अबेर सम्पन्न भएको सङ्खुवासभा उद्योग बाणिज्य संघको निर्वाचनको मत गणना जारी छ । १ हजार ७ सय ७८ मतदाता भएकोमा एक हजार दुई सय ३७ मत खसेको थियो । खसेको मत मध्ये ८ सय मत ननिसक्ना युवराज शाक्यको प्यानल अगाडी छ । युवराज शाक्यको ४ सय २४ मत छ भने सुमन श्रेष्ठको ३ सय ४३ मत मात्र छ । यो ८१ मतको अन्तर हो ।

प्रथम उपाध्यक्ष पदमा युवराज प्यानलका कृष्णभगत प्रधानको ५ सय ४ मत रहेको छ भने सुमन प्यानलको लेखनाथ बुढाथोकीको २ सय ५८ मात्र छ । यो २ सय ४६ मतको अन्तर हो । दितिय उपाध्यक्ष तर्फ युवराज प्यानलकै डेगराज बस्नेतको ४ सय ९८ मत छ भने अर्को प्यानलका दलबहादुर विकको २ सय ५६ मात्र छ ।

महासचिव पदमा युवराज प्यानलका सरोज बज्राचार्यको ४ सय ६१ रहेको छ भने अर्का सुमन प्यानलका रामकुमार खत्रीको २ सय ८८ मत मात्र छ । सचिव तर्फ युवराज प्यानल कै सञ्जीवकुमार श्रेष्ठको ४ सय ५६ र सुमन प्यानलका सोहन कुमार श्रेष्ठको ३ सय २ मत मात्र रहेको छ । कोषाध्यक्षमा युवराज प्यानलकै नविन गौली ४ सय ५७ मत ल्याएर सुमन प्यानलका रमेश श्रेष्ठ भन्दा अगाडी छ । श्रेष्ठको मत २ सय ८९ मात्र छ । सहकोषाध्यक्ष्मा युवराज प्यानलका डाक्टर प्रसाद पराजुलीको मत ४ सय ४६ रहेको छ भने सुमन प्यानलका शिला श्रेष्ठको २ सय ८९ मात्र रहेको छ ।

अन्य सदस्य पदहरुमा पनि युवराज प्यानलकै अग्रता छ । विहान ९ बजे भित्र मत गणनाको अन्तिम परिणाम आउने बताईएको छ ।

सम्बन्धित समाचार