उद्योग बाणिज्य संघ सङ्खुवासभामा शाक्यको प्यानल बिजयी




सङ्खुवासभा, साउन २४ गते । उद्योग बाणिज्य संघ सङ्खुवासभामा युवराज शाक्यको प्यानल विजयी बनेको छ । सोमबार सम्पन्न निर्वाचनमा सुमन श्रेष्ठको प्यानललाई हराउदै शाक्यको प्यानल विजयी बनेको हो ।

यस पटक राजनितिक दल निकट भएर युवराज शाक्य र सुमन शाक्यको प्यानल चुनावी मैदानमा उत्रिएका थिए । शाक्यको प्यानल नेपाली कांग्रेस निकट मानिएको छ भने श्रेष्ठको प्यानल नेकपा एमाले निकट मानिएको छ । श्रेष्ठको प्यानलमा भने अन्य केही साना दलहरुलाई पनि समेटिएका थिए ।

शाक्य प्यानलबाट प्रथम उपाध्यक्षमा कृष्णभगत प्रधान, द्वितिय उपाध्यक्ष्माा डेगराज बस्नेत, महासचिवमा सरोजकुमार बज्राचार्य, सचिवमा सञ्जीव कुमार श्रेष्ठ, कोषाध्यक्षमा नविन गौली, सह–कोषध्यक्षमा डाक्टर प्रसाद पराजुली लगायत १६ जना सदस्यहरु सवै विजयी बनेका हुन् ।

यस अघिको साधारण सभासम्म आपसी समझदारीमा नेतृत्व हस्तान्तरण गरिएको थियो भने यस पटक १२ औं साधारण सभामा भने दुई प्यानल बनाएर निर्वाचनमा उत्रिएका थिए । १ सय २७ जना आजीवन सदस्य र १ हजार ६ सय ५१ जना साधारण सदस्यहरु गरि १ हजार ७ सय ७८ मतदाता संख्या रहेकोमा १ हजार दुई सय ३७ मत खसेको थियो । मंगलबार दिउँसो अन्तिम मत परिणाम आएको थियो ।

सम्बन्धित समाचार