तक्मेले हसाए, अशोकले नचाए



सङ्खुवासभा, साउन २६ गते । करिब पाँच बजिसकेको थियो । खाँदबारीको पोखरी बजारमा खाँदबारी युथ क्लवले आयोजना गरेको कार्यक्रममा विल्सन विक्रम राई (तक्मे बुढा), अशोक मुकारुङ र नायक सरोज खनाल आउने भनिएपछि दर्शकहरुको भिडले खुट्टा अटाउने ठाउँ थिएन ।

युथ क्लवका अध्यक्ष सोनाम लामा स्वर्गिय गायक खेमराज गुरुङलाई सम्झदै स्टेजमा उक्लिए र कार्यक्रम सञ्चालनको जिम्मा दिए गायक उमाड्ढ लामालाई । लामाले एकपछि अर्को कलाकारहरुलाई बोलाउदै गए । जव अशोक मुकारुङ स्टेजमा उक्लीए हजारौंको भिड थाम्न हम्मेहम्मे भयो प्रहरीलाई । गायक मुकारुङले ‘पिखुवा खोला बगेझै’, ‘लै बरी लै’ लगायत आधा दर्जन गीत गाईसक्दा पनि दर्शकहरुबाट वान्स मोरको हल्ला आई रह्यो ।

यता तक्मे बुढाको ‘गेटअप’ मा स्टेजमा विल्सन विक्रम राई उक्लिदा दर्शकको हल्ला हल्लाले खाँदबारी गुञ्जायमान नै भयो । पल्टनको कथादेखि हिजो आजको विषय बस्तुलाई समेट्दै दर्शकलाई हसाएपछि अर्को ‘गेटअप’मा आउने भन्दै विदा लिए विल्सनले । एकछिन पछि विल्सन आफ्नो असली ‘गेटअप’मा मञ्चमा उक्लिए र उसै गरि दर्शकलाई हसाए । अन्तिममा स्थानीय कलाकार पवित्रा तामाङको साथ लिएर दुई वटा गीतमा नृत्य देखाएर विदा मागे ।

कार्यक्रममा नायक सरोज खनालको उपस्थितीले पनि माहोल छुट्टै बनाएको थियो । ३५ बर्षपछि खाँदबारी आएको वताउदै खाँदबारीसँग पारिवारीक सम्बन्ध रहेको खुलासा गरे । उनको दाजुले खाँदबारीकै दुलहीलाई आफ्नो घर भिœयाएको समेत बताए । नायक खनालले प्रस्तुत गरेको अभिनयलाई पनि दर्शकहरुले उत्तिकै रुचाएका थिए ।

कार्यक्रममा कलाकार बीरबहादुर लिम्बुले पनि गीत प्रस्तुत गरेका थिए भने पवित्रा तामाङ र जिना उदासको ग्रुपले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस ।

खाँदबारीमा तक्मे बुढा र पवित्राले यसरी देखाए (भिडियो सहित)

सम्बन्धित समाचार