खाँदबारीमा मंगलबार दिईने ब्यावसायीक विदा हटाउन माग



सङ्खुवासभा, साउन २६ गते । हालै सम्पन्न उद्योग बाणिज्य संघको निर्वाचनमा विजयी युवराज शाक्यको प्यानललाई प्रतिद्वन्दी सुमन श्रेष्ठको प्यानलले विहिबार प्रेस विज्ञप्ती निकालेर बधाई दिएका छन् । बधाई सँगै निर्वाचित समिति समक्ष आफुहरुको माग पनि प्रस्तुत गरेका छन् ।

प्रथम उपाध्यक्षका प्रत्यासी लेखनाथ बुढाथोकी, दितिय उपाध्यक्षका प्रत्यासी दलबहादुर विक र महासचिवका प्रत्यासी रामकुमार खत्री द्वारा हस्ताक्षर गरिएको विज्ञप्ती मार्फत हरेक मंगलबार दिईदै आएको ब्यावसायीक बिदा आगामी मंगलबार बाट बन्द गर्न माग राखेका छन् । विदा दिईएको कारण ७५ प्रतिशत भन्दा बढी साना तथा भाडामा सञ्चालन गरिएको ब्यावसायलाई असर गरेको साथै खाँदबारी बजारको ब्यापार पनि खस्कदै गएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाल बजारमा देखिएको मुल्यमा बिविधतालाई एकरुपता कायम गरि उपभोक्ता तथा ब्यावसाय मैत्री वातावरण निर्माण गर्न समेत माग गरेका छन् । हाल कायम रहेको संस्थाको विधानले १० वटै स्थानीय तहबाट संघमा प्रतिनिधीत्व गर्ने ब्यावस्था नभएको लगायत अन्य विबिध विषयहरुमा समेत विधान संसोधन गर्नु पर्ने देखिएकोले यथासिघ्र विधान संसोधन गर्न प्रकृया अगाडी बढाउन माग गरिएको छ ।

प्रेस विज्ञप्ती मार्फत सम्पुर्ण मतदाताहरुलाई समेत धन्यवाद ज्ञापन गरिएको छ ।

 

सम्बन्धित समाचार