संखुवासभाको बरुण क्याम्पस र हिमालय उच्च माविमा छात्रबृत्ति कोष स्थापना



तस्विर साभारः रेडियो संखुवासभाको अनलाईनबाट ।

संखुवासभा, साउन २६ गते । जिल्लाको बरुण बहुमुखी क्याम्पस र हिमालय उच्च माविमा छात्रबृत्ती कोष स्थापना गरिएको छ । सो विद्यालयहरुमा दुई लाख ११ हजार एक सय १० रुपैयाँ बराबरको देव, जमुना, सुरेन्द्र स्मृति छात्रबृत्ती कोष स्थापना गरिएको हो ।

बुवा देबबहादुर आमा जमुना र दाजु सुरेन्द्र श्रेष्ठको समृतीमा उनका परिवारले सो कोषको स्थापना गरेका हुन् । विहिबार एक कार्यक्रम आयोजना गरि हिमालय माध्यमिक विद्यालका प्रअ बीरबहादुर राईलाई १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको र बरुण बहुमुखी क्याम्पस उपप्राध्यापक चित्ररेखा अधिकारीलाई १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ परिवारले हस्तान्तरण गरेका थिए ।

बुबा देबबहादुर, आमा जमुना र दाजु सुरेन्द्र श्रेष्ठको स्वर्गरोहण भएको वर्ष दिनको पुन्य तिथी पारेर दुई शैक्षिक संस्थाहरुमा कोषको स्थापना गरेका हुन् । उक्त रकम अक्षयकोषमा राखेर आउने ब्याजबाट वार्षिक रुपमा गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरि छात्रबृत्ति वितरण गरिनेछ । अक्षयकोष श्रेष्ठ परिवारका नारायणदेवी, शेखर–सुनमाया, दिलिप–निलम, विकास–अर्कजा, दिपेश–कृति र छोरीहरु रेणुका, मेनुका र भुमिकाले संयूक्त रुपमा स्थापना गरेका हुन् ।

सम्बन्धित समाचार