तुम्लिङटार स्थीत मनकामनामा अतिथी गृह बन्ने



भवनको शिलान्यास गरिदै । फोटो: गंगा विष्ट

सङ्खुवासभा, साउन २६ गते । खाँदबारी ९ स्थीत मनकामना मन्दिर परिषरमा अतिथी गृह बन्ने भएको छ । अमेरिकामा बसोवास गर्ने सङ्खुवासभालीहरुको संगठन सङ्खुवासभा समाज अमेरिकाले अतिथी गृह निर्माण गर्ने भएको हो ।

भवनको समाजका अध्यक्ष शान्ति श्रेष्ठले आज एक कार्यक्रम विच शिलान्यास गर्नुभएको छ् । शिलान्यास गरेसँगै अध्यक्ष श्रेष्ठले भवन निर्माणका लागि सङ्खुवासभा संयोजक किरणकुमार शाक्यलाई सात लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । भवन निर्माण भईसकेपछि आफ्ना मातापिता गुमाएकाहरुलाई किरिया पुत्री राख्ने तथा टाढाबाट आएको भक्तजनहरु राख्न सकिने बताईएको छ ।

भवनको शिलान्याससँगै अध्यक्ष श्रेष्ठले मनकामना बृद्धाश्रममा बस्दै आएका बृद्धबृद्धाहरुलाई कम्बल बाढ्नुभएको छ । बृद्धाश्रमका ३० बृद्धबृद्धालाई फलफुल सहित न्यानो कपडा र कम्बल बाढ्नुभएको हो ।

सम्बन्धित समाचार