जिसस सङ्खुवासभामा एमाले प्यानल निर्विरोध




सङ्खुवासभा, साउन ३० गते । जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएका छन् । जिल्ला सभामा नेकपा एमाले र नेपाली कांग्रेसको मात्र उपस्थिती रहेकोमा नेपाली कांग्रेसले समन्वय समितिमा उमेद्वारी नदिएपछि एमालेको प्यानल निर्विरोध निर्वाचित भएका हुन् ।

नौ सदसिय जिल्ला समन्वय समितिको प्रमुखमा सुमन शाक्य, उपप्रमुखमा अम्बिका खवास निर्वाचित भएका छन् भने सदस्यहरुमा कृष्णकुमार तामाङ, लोकेन्द्र तामाङ, धनलक्ष्मी राई, सरश्वती विक, जानुका बस्नेत, टासी भोटे र प्रभुराम खुलाल निर्वाचित भएका छन् । नव निर्वाचित पदाधीकारीहरुलाई सोमबार सपथ ग्रहण गराई पदभार ग्रहण गराईएको छ ।

आफु आवद्ध समिति नै ‘समन्वय समिति’ रहेकोले सवै दल र सरोकारवालाहरुसँग हरेक काममा समन्वय गरेर मात्र आफु अगाडी नबढ्ने प्रमुख शाक्यले बताउनुभयो । खाँदबारी र सङ्खुवासभाको विकासमा आफ्नो परिवारको उपस्थिती रहदै आएको र सफलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न भएको भन्दै सोही दोहोर्याउने समेत उहाँले बताउनुभयो ।

पाँच गाउँपालिका र पाँच नगरपालिका रहेको सङ्खुवासभाको जिल्ला सभामा नेकपा एमालेले ११ सिट जितेको थियो भने नेपाली कांग्रेसले ९ सिट मात्र जितेको थियो ।

सम्बन्धित समाचार