प्राथमिक उपचार सम्बन्धी मोबाईल एप् सार्वजनिक




सङ्खुवासभा । नेपाल रेडक्रस सोसाईटी सङ्खुवासभाले प्राथमिक उपचार सम्बन्धी मोबाईल एप्लीकेसन सार्वजनिक गरेको छ । सोसाईटीको सङ्खुवासभा शाखाले हिजो जिल्ला समन्वय समितिको तालिम हलमा एक कार्यक्रम आयोजना गरि प्राथमिक उपचार सम्बन्धी सम्पुर्ण जानकारी रहेको एप्लीकेशन सार्वजनिक गरेको हो ।

घरघरमा प्राथमिक उपचार भन्ने महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सिपलाई विश्वभर रहेका नेपाली भाषीहरुको हातमा रहेको एन्ड्रोईड मोबाईलसम्म पुराउने उद्देश्यले सो मोबाईल एप्लीकेशन तयार गरिएको नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका कार्यक्र संयोजक बसन्त श्रेष्ठले जानकारी दिनुभयो । सो एप्लीकेशन अमेरिकन रेडक्रसको सहकार्यमा नेपाल रेडक्रस सोसाईटीले नेपाली भाषामा तयार पारेको जानकारी गराईएको छ ।

उक्त मोबाईल एप्लीकेशन एन्ड्रोईड मोबाईलको प्ले स्टोरमा गई अंग्रेजीमा ‘प्राथमिक उपचार नेपाल रेडक्रस’ लेखेर खोज्नु पर्नेछ । ४८.५५ एम्बी रहेको सो एप्लीकेसनमा ईन्टरनेट बिना नै प्राथमिक उपचार सम्बन्धी पढ्न, भिडियो हेर्न र सुन्न सकिन्छ । पाँच वटा क्षेत्रमा विभाजन गरिएको सो एप्लीकेसनमा राखिएको विषयहरु पढेर, भिडियो क्लीप हेरेर, प्राथमिक उपचारका ज्ञान सिपहरु लिन तथा तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्न सकिने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुयो ।

गत बर्षबाट नेपालमा सञ्चालनमा ल्याएको यो एप्लीकेशनको उपयोगिता र प्रभावकारीता बढ्दै गएको कार्यक्रम संयोजक बसन्त श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म करिब १७ सय प्रयोगकर्ता रहेको यो एप्लीकेसनले मानिसहरुको ज्यान बचाउने काममा समेत महत्वपुर्ण भुमिका खेल्न सक्ने उहाँको दावी छ ।

विपद ब्यवस्थापनमा रेडक्रसले उल्लेख्य भुमिका खेल्दै आएकोमा अब मोबाईल बाट नै प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिप प्राप्त हुनेहुँदा विश्व भरका नेपालीहरुले यस्को लाभ लिन सक्ने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति सरोज बज्राचार्यले बताउनुभयो । सो एप्लीकेशन बहुउपयोगी भएकोले सबैले डाउनलोड गरेर त्यस्मा राखिएको विषयबस्तुहरु अध्ययन गनुपर्ने समेत उहाँको भनाई छ ।

सम्बन्धित समाचार