खाँदबारी नगरपालिकामा तालाबन्दी




सङ्खुवासभा, भदौ ७ गते । खाँदबारी नगरपालिकाका पाँच वडाका अध्यक्षहरुले नगरपालिका कार्यलयमा तालाबन्दी गरेका छन् । नगरप्रमुखले वडामा पर्याप्त बजेट नदिएको भन्दै चरणबद्द आन्दोलनमा रहेका वडा अध्यक्षहरुले मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

प्रत्येक वडालाई एक करोड बजेट बिनियोजन गर्न माग राख्दै चार दिनदेखि आन्दोलनरत प्रतिनिधीहरुले पहिलो दिन नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । दोश्रो दिन कालो पट्टी बाधेर काम गरेका थिए भने तेश्रो दिन हिजो रिले अन्सन बसेका थिए । अन्दोलनको चौथो दिन आज माग सम्बोधन नभएसम्मको लागि तालाबन्दी गरेका हुन् ।

आन्दोलन रत जनप्रतिनिधीहरुको निर्धारित कार्यक्रम अनुसार तालाबन्दी गर्ने भएकाले नगरपालिका कार्यालय परिषरमा ठुलो संख्यामा सुरक्षाकर्मी खटाईएको थियो । नेपाली कांग्रेसका कार्यकर्ता र नेताहरु सहित कार्यालय पुगेका जनप्रतिनिधीहरुले कडा सुरक्षा ब्यवस्थाको विचमा तालाबन्दी गरेका हुन् । एमालेका नेताहरुसँग छलफलमा रहेका मेयर खतिवडा र नेताहरु बहिर निस्कन लगाई कार्यालयमा ताला लगाएका थिए ।

जनप्रतिनिधीहरुको आन्दोलनमा नेपाली कांग्रेस लगायतका केही साना दलहरुले समर्थन गर्दै आएको राजनितिक मुद्दा बनेको र यस्को निकास दलहरुबाटै निकाल्नु पर्ने नगरप्रमुख मुरारी खतिवडाले बताउदै आएका छन् । आफु आबद्द दल नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेर समस्याको समाधान गनुपर्ने खतिवडाको भनाई छ ।

सम्बन्धित समाचार