खाँदबारी नगरपालिकाको ताला प्रहरीले खोल्यो



सङ्खुवासभा, भदौ ७ गते । आन्दोलनरत वडाअध्यक्षहरुले खाँदबारी नगरपालिका कार्यालयमा लगाएका ताला प्रहरीले खोलेको छ । खाँदबारी नगपालिकाका वडाहरुमा पर्याप्त बजेट बिनियोजन गर्न माग गर्दै पाँचवडाका अध्यक्षहरुले आज दिउसो लगाएको ताला आज साँझ खोलिएको हो ।

दिउसो तालाबन्दी गरेर कार्यालय परिषरमा बसेका आन्दोलनकारीहरु बाहिरिए लगत्तै प्रहरीले ताला खोलेको हो । आन्दोलनकारीहरु कार्यालय समय सकिएको र भोली बिहान फेरी भेला हुने भन्दै कार्यालय परिषरबाट पाँच बजे बाहिरिएका थिए । तालाबन्दी भएपछि पनि नगर प्रमुखले कुनै चासो नदिएको भन्दै थप आन्दोलनको घोषणा गर्न बिहिबार (भोली) एक बजे पत्रकार सम्मेलन समेत गर्ने बताएका थिए ।

सम्बन्धित समाचार