नरबहादुर बिष्णुमाया स्मृति व्याडमिन्टन ए डिभिजनका उपाधि मुनुहाङ्ग र उल्लासलाई



संखुवासभा, भदौ २९ गते । भदौ २६ देखि तीन दिन संखुवासभाको खाँदबारीमा सञ्चालन भएको तेस्रो नर ब बिष्णुमाया श्रेष्ठ स्मृति पुरुष व्याडमिन्टन प्रतियोगीताको उपाधी मुनुहाङ्ग गुरुङ् र उल्लास विसुङ्केले हात पारेका छन् । खाँदबारी स्थित जिल्ला पशु सेवा कार्यालयको खेल मैदानमा सम्पन्न भएको पाईनल खेलमा अमर विष्ट र दिपक खड्काको जोडीलाई हराउदै उपाधी हात पारेका हुन् ।

प्रतियोगितामा प्रविन श्रेष्ठ र बुद्ध श्रेष्ठको जोडी तेश्रो भएका छन् । बि डिभिजन तर्फ भने मनोज श्रेष्ठ र नवराज खत्रीको जोडी प्रथम, सञ्जय देवान र सिजन पोख्रेलको जोडी दोश्रो भए भने जानकी बल्लभ पोख्रेल र लेलिन श्रेष्ठको जोडी तेश्रो भएका छन् । ए डिभिजनको विजेताहरुले मेडल, प्रमाणपत्रका साथ क्रमस नगद २० हजार, १० हजार र पाँच हजार रुपैयाँ हात पारेका छन् । त्यस्तै बि डिभिजन तर्फका विजेताहरुले पनि मेडल, प्रमाण पत्र सहित क्रमस नगद १० हजार, ६ हजार ५ सय र ३ हजार ५ सय प्राप्त गरेका छन् ।

संखुवासभा र भोजपुरका गरि २९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाईनल खेलमा स्थानीय राजनितिक दलका प्रतिनिधी, सरकारी तथा गैह्र सरकारी कार्यालय संघसंस्थाका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा निर्वाचित पुर्व ब्याडमिण्टन खेलाडीहरु पाँचखपन नगरपालीकाका मेयर बिपिन राई, खाँदबारी नगरपालीका वडा नं. १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, पाँचखपन नगरपालीका वडा नं. २ का वडाध्यक्ष उत्तम दाहाललाई बधाई पत्र सहित बधाई।

 

सम्बन्धित समाचार