सातौ अरुण भ्याली फुटबल प्रतियोगिताको फाईनलमा हाङ्थुङ र एड्भान्स क्लव




संखुवासभा, असोज २९ गते । तीन दिनदेखि खाँदबारी ३ मानेभञ्ज्याङ्मा जारी सातौ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाईनल चरणमा हाङ्थुङ क्लव मादी र एड्भान्स क्लव मानेभञ्ज्याङ पुगेका छन् ।

आज भएको खेलमा हाङ्थुङले युवा कञ्चन क्लव मोरङ्लाई २–१ गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो । त्यस्तै, एड्भान्स क्लव मानेभञ्ज्याङले सङ्खुवासभा युनाईटेड क्लवलाई ५–३ गोल अन्तरले हराएर फाईनलमा पुगेको हो । एड्भान्स क्लव मानेभञ्ज्याङ र सङ्खुवासभा युनाईटेड विचको खेलमा निर्धारित समय भित्र बराबर २÷२ गोल भएपछि टाईब्रेकरमा एड्भान्सले जितेको हो ।

तेश्रो स्थानको लागि युवा कञ्चन क्लव मोरङ र सङ्खुवासभा युनाईटेड क्लव विच प्रतिस्पर्धा हुनेछ । भोली सम्पन्न हुने प्रतियोगिताको प्रमुख अतिथीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट रहनुहुनेछ । फाईनल खेल भोली १२ः३० बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार