सातौ अरुण भ्याली रनिङ शिल्ड आयोजकको पोल्टामा




सङ्खुवासभा, असोज ३० गते । खाँदबारी ३ मानेभञ्ज्याङ्मा आयोजना गरिएको सातौ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा आयोजक एड्भान्स क्लवले उपाधी जितेको छ । चार दिनदेखि जारी खेलको फाईनलमा हाङ्थुङ क्लव मादीलाई ३–० गोल अन्तरले हराउदै आयोजक एड्भान्स क्लव मानेभञ्ज्याङले उपाधी जितेको हो ।

पहिलो हाफसम्म गोल रहित बराबरीमा खेलेका खेलमा दोश्रो हाफ पछि एड्भान्सले लगातार तीन गोल लगाएपछि हाङ्थुङ क्लवले दोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो । फुटबल प्रतियोगितामा सङ्खुवासभा युनाईटेड क्लव तेश्रो भएको छ । युवा कञ्चन क्लव मोरड्ढलाई ३–० ले हराउदै युनाईटेड क्लवले तेश्रो स्थानमा कब्जा जमाएको हो । हारसँगै मोरड्ढ सान्वना स्थानमा सिमत रहेको थियो ।

खेलमा प्रथम हुन क्लवले एक लाख २५ हजार रुपैयाँ नगद हात पारेको छ । त्यस्तै दोश्रो हुने हाङ्थुङ क्लव मादीले ७५ हजार, तेश्रो हुने ४० र सान्वना हुनेले २० हजार प्राप्त गरेका छन् । खेलमा मोरड्ढ, धनकुटा र सङ्खुवासभाका १६ टिमको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार