सङ्खुवासभामा ९ सय १८ म्यादी प्रहरी छानिए




सङ्खुवासभा, कातिक १० गते । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन गरेको छ । यस पटक जिल्ला प्रहरी कार्यालयले ९ सय १८ जनालाई छनौट गरेको छ ।

म्यादी प्रहरीको लागि एक हजार पाँच सय ८० जनाले आवेदन दिएका थिए । त्यस मध्ये एक हजार एक सय ३५ जनाले मेडिकल र फिजिकल छनौट चरण पार गरेका थिए । लिखित तथा मौखिक परिक्षा चरणबाट २ सय १७ जना फालिएका थिए ।

छनौटमा परेकाहरुलाई यहि १२ गतेदेखि तालिम सुरु गर्ने जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष खड्काले जानकारी दिनुभयो । उनीहरुको कार्य अवधी ५० दिनको रहने समेत डिएस्पी खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार