सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यू



सङ्खुवासभा, कातिक १२ गते । सङ्खुवासभाको चिचिला गाउँपालिका १ मा ट्याक्टर दुर्घछना हुँदा २ जनाको मृत्यू भएको छ । शनिबार राति १० बजे २ त ५५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी १ का चालक लक्ष्मण गुरुङ र मकालु गाउँपालिका ५ का पासाङ शेर्पाको मृत्यू भएको हो ।

चालकले मदिरा सेवन गरेर ट्याक्टर चलाएपछि दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष खड्काले जानकारी दिनुभयो । ट्याक्टर सडकबाट १ सय ५० मिटर तल खसेको थियो । ट्याक्टरका सहचालक रामकुमार दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार