सङ्खुवाखोलामा शव भेटियो



सङ्खुवासभा, कातिक १४ गते । भोजपुर र संखुवासभाको संगम स्थल डुम्मा नजिकै सङ्खुवा खोलामा एक महिलाको शव भेटिएको छ । शवलाई खोलाले बगाएर ल्याएको अवस्थामा खोला किनारमा भेटिएको ताम्कु प्रहरी चौकीले जनाएको छ ।

सो शव शिलिचोङ गाउँपालिका ३ ताम्कु मुल गाउँका ५० बर्षिय हर्कमाया राईको रहेको प्रहरीले जनाएको छ । मृत्तक राईले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानले देखाएको जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले जनाएको छ । शबको पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक तीन दिनदेखि हराईरहेको परिवार श्रोतले जनाएको छ ।

 

सम्बन्धित समाचार