सञ्चारकर्मीहरुलाई निर्वाचन प्रशिक्षण




सङ्खुवासभा, कातिक १९ गते । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सङ्खुवासभाका सञ्चारकर्मीहरुलाई आईतबार प्रशिक्षण दिईएको छ । निर्वाचन सम्बन्धी सुचना तथा समाचार संप्रेसणलाई सहज बनाउने उद्देश्यका साथ जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्लाका ३० सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिईएको हो ।

प्रशिक्षणमा सञ्चार संस्था र सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचार संहिताको विषयमा प्रशिक्षण गरिएको छ । सहभागी सञ्चारकर्मीहरुलाई जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख ऋषीकुमार दाहाल र पत्रकार महासंघ सङ्खुवासभा शाखाका सचिव अनिष विष्टले सहजीकरण गरेका थिए । सञ्चारकर्मीहरुले पेशागत मर्यादा कायम गरेर सन्तुलित समाचार सम्प्रेषण गर्नु पर्ने, निर्वाचन समयमा सञ्चारकर्मीहरुले प्रयोग गरेको सवारी साधनबाट राजनितिक दलका नेता तथा कार्यकर्ताहरुलाई ओसार पसार गर्न नपाउने लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले सौहार्दपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । सन्तुलित भएर समाचार संप्रेषण गर्दा पनि सुरक्षा सम्बन्धी समस्या परे सञ्चारकर्मीहरुलाई जस्तोसुकै सुरक्षा दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । निर्वाचन सम्बन्धी प्रशिक्षण र अन्तरकृयाले समाचार संप्रेषण गर्न सहज भएको खाँदबारी एफ एमका स्टेशन मेनेजर कृष्णराज शाक्यको भनाई छ ।

सम्बन्धित समाचार