राज्यको सेवा सुविधा नलिने उमेदवार खड्काको घोषणा




सङ्खुवासभा, मंसिर ५ गते । नेपाली कांग्रेसबाट प्रतिनिधी सभाका उमेद्वार तथा पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले यस पटक पनि आफु निर्वाचित भए राज्यले दिने सुविधा ब्यक्तिगत प्रयोजनको लागि नलिने बताउनुभएको छ । अघिल्लो निर्वाचनमा पनि आफुले कुनै सेवा नलिएको बताउनुहुँदै यस पटक पनि निर्वाचित भए कुनै सेवा नलिने बताउनुभएको हो ।

अघिल्लो निर्वाचनमा पनि आफु निर्वाचित भएपछि राज्यबाट प्राप्त भएको रकम विकास कार्यमा खर्च गरेको उहाँले बताउनुभएको छ । ‘सरकारले दिएको सुविधा मेरो ब्यक्तिगत प्रयोजनको लागि प्रयोग गरिँन, बरु थप मेरो ब्यक्तिगत तर्फबाट थपेर विभिन्न ठाउँमा लगानी गरेको छु, खड्काले भन्नुभयो ।

सांसद र राज्यमन्त्री हुँदा पाएको तलब तथा भत्ताहरु सङ्खुवासभाको विभिन्न क्षेत्रको मठमन्दीर, सार्वजनिक स्थल, खेलकुद लगायतको क्षेत्रमा खर्च गरेको उहाँको भनाई छ । राज्यबाट प्राप्त सम्पुर्ण सुविधाहरु कहाँ र कति खर्च भए सोको बारेमा हालै प्रकाशन गरेको पुस्तकमा सम्पुर्ण बिवरण राखिएको बताउनुभयो । सो पुस्तकमा निर्वाचन क्षेत्र विकास पुर्वाधारका कार्यक्रम अन्र्तगतका आयोजनाहरु, सांसद कोषका योजनाहरु, उहाँको पहलमा भएको केन्द्रीय योजना लगायतको सम्पुर्ण बिवरण हेर्न सकिने उहाँको भनाई छ ।

सम्बन्धित समाचार