ज्यान गुमाउने मध्ये दुईको सनाखत, को को सवार थिए दुर्घटना भएको जीपमा ?




आईतबार दिउँसो सङ्खुवासभाको मकालु ३ सामाटारमा भएको जिप दुर्घटनामा परि ज्यान गुमाउनेहरु मध्ये दुई जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कुटुवाल र स्थानीय सुरेस राई रहेका छन् । अन्यको शव क्षतविक्षत अवस्थामा छ, सनाखत हुन बाँकी छ ।

जीपमा चालक सहित ६ जना सवार थिए भने पाँच जनाको शव फेला परिसकेको छ । एक जना बेपत्ता अवस्थामा छ ।

को को सवार थिए जीपमा ?

१) खड्ग कटुवाल, मकालु गाउँपालिका अध्यक्ष
२) सुभाष चन्द्र कुईकेल, कार्यक्रम अधिकृत, जिल्ला समन्वय समिति संखुवासभा
३) अर्जुन बस्नेत, समाज सास्त्री (भुकम्पपछि पुर्ननिर्माण सम्बन्धी काठ्माण्डौबाट प्रशिक्षण दिन आएका)
४) सुदिप ढकाल, ईञ्जीनियर (पुर्ननिर्माण प्राविधीक)
५) सुरेश राई, मकालु
६) सवारी चालक (काठ्माण्डौबाटै आएका)

सम्बन्धित समाचार