अपडेटः जिपमा सवार सवैको शव भेटियोः पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याईने



सङ्खुवासभा, पुष ३० गते । सङ्खुवासभाको मकालु गाउँपालिका ३ समाटारमा भएको दुर्घटनामा परेको जिपमा सवार सवैजनाको ज्यान गएको पुष्टि भएको छ । सो जिपमा सवार ६ जना मध्ये बेपत्ता एक जनाको पनि शव भेटिएकोसँगै सवैको ज्यान गएको पुष्टि भएको हो ।

ज्यान गएकाहरु मध्ये मकालु गाउँपालिकाका प्रमुख खड्ग कटुवाल र स्थानीय सुरेश राईको मात्र सनाखत हुन सकेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । जीपमा कटुवाल र राई सहित काठ्माण्डौबाट पुर्ननिर्माणको प्रशिक्षणको क्रममा आएका समाजशास्त्री अर्जुन बस्नेत, सोही टोलीका ईञ्जीनियर सुदिप ढकाल, जिल्ला समन्वय समिति सङ्खुवासभाका कार्यक्रम अधिकृत सुभाषचन्द्र कुईकेल र सवारी चालक सवार थिए । उनीहरु भोटखोला गाउँपालिकामा भुकम्प पछिको पुर्ननिर्माणको विषयमा प्रशिक्षण दिन लागेका थिए ।

मृत्तकहरुको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार