तुम्लिङटार ब्याटमिन्टनको उपाधी पाँचथरलाई



तुम्लिङटार, माघ १ गते । तुम्लिङटार ब्याटमिन्टन क्लवले आयोजना गरेको खुल्ला डबल पुरुष ब्याटमिन्टन खेल आज सम्पन्न भएको छ । सोमबार भएको फाईनल खेलमा तेह्रथुमका बरुण लिम्बु र हरी तामाङलाई हराउँदै  पाँचथरका ज्ञानेन्द्र तामाङ र नविन सिलवालको जोडी प्रथम भएको छ ।

तामाङ र सिलवालसँग पराजित भएसँगै लिम्बु र तामाङ दोश्रो स्थानमा सिमित बन्न पुगेका छन् । त्यस्तै, सङ्खुवासभाका मोहन कटुवाल र सृजल पोखरेलको जोडी र मुनुहाङ गुरुङ र उल्लास विसुङ्केको जोडी तेश्रो भएका छन् । प्रतियोगितामा पहिलो हुनेलाई ट्रफि र प्रमाणपत्र सहित नगद ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई १०/१० हजार प्रदान गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भएका हरि तामाङ र नवप्रतिभा सृजल पोख्रेललाई पनि ट्रफी र प्रमाणपत्र सहित नगद २÷२ हजार रुपैयाँ प्रदान गरिएको जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष प्रविन शेर्पाले जानकारी दिनुभयो । गत पौष २६ गतेबाट सुरु भएको प्रतियोगितामा २९ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार