मकालु दुर्घटनाले जिल्लालाई अपुरणीय क्षतिः पुर्व राज्यमन्त्री गुरुङ




सङ्खुवासभा, माघ १ गते । सङ्खुवासभाको पुर्व सांसद तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले हिजो मकालुको जिप दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको छ । गुरुङले सोमबार एक विज्ञप्ती जारी गर्दै ज्यान गुमाउनेहरु पति श्रद्धान्जली तथा परिवारजन प्रति समवेदना ब्यक्त गर्नुभएको हो ।

दुर्घटनाबाट मकालु गाउँपालिकाले मात्र नभएर सिंगो जिल्लालाई अपुरणीय क्षति पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अन्य ज्यान गुमाउनेहरु सहित मकालु गाउँपालिकाका नेताहरु गुमाउनु पर्दा संघियता कार्यन्वयन जस्तो अन्यन्तै चुनौतीपुर्ण कार्यमा अझ थप चुनौति थपिएको विज्ञप्तीमा बताईएको छ ।

दुर्घटनाग्रस्त सडक र सो को प्रयोगको लागि ब्यावस्थापकीय कार्य एवं सडकको स्तरोन्नतीको लागि सम्बन्धीत निकायको ध्यान जान जरुरी रहेको प्रेस विज्ञप्ती मार्फत गुरुङले बताउनुभयो । सिंगो जिल्लाको मेरुडण्डको रुपमा हेरिएको उक्त सडकलाई दु्रत गतिमा निर्माण गरि सडक सुरक्षालाई सवल र प्रभावकारी ढंगले कार्यन्वयन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार