आज भुकम्प सुरक्षा दिवसः सङ्खुवासभामा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाईदै




सङ्खुवासभा, माघ २ गते । आज भुकम्प सुरक्षा दिवस, सङ्खुवासभामा पनि विभिन्न कार्यक्रम आयोजना गरि भुकम्प सुरक्षा दिवस मनाईदैछ । यस बर्ष ‘सबल समुदाय स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरि मनाईदैछ ।

जिल्ला विपद ब्यवस्थापन समितिको आयोजनामा चैनपुरको जिरो पोईन्टमा भेला भएर र्यालीले नगर परिक्रमा गरि दिलकुमारी स्मृती सभाहलमा कोणसभा सम्पन्न गरिने कार्यक्रम छ । त्यस्तै, घुँडा टेकी गुडुल्की, ओत लागेर एक साथ समातेको प्रयोगात्मक अध्यास पनि गरिने कार्यक्रम रहेको जिल्ला विपद ब्यावस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । १९९० सालको भुकम्पको केन्द्र चैनपुरमा केन्द्र भएकोले सो कार्यक्रम चैनपुरमा नै आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

आजै साँझ खाँदबारी स्थीत पोखरी पार्कका भुकम्पबाट मृत्यू भएकाहरुको सम्झनामा मैनबत्ती प्रज्वलन गरिने कार्यक्रम पनि छ । त्यस्तै, दश वटै स्थानीय तहहरुमा पनि भुकम्प सुरक्षा दिवस मनाउन अनुरोध गरिएको समेत जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार