तमोर लिफ्ट खानेपानी आयोजना भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान



पाँचथर, माघ ६ –पाँचथरको कुम्मायक गाउँपालिका यासोकका स्थानीय व्यवसायी डिकबहादुर पौडेलले तमोर लिफ्ट खानेपानी आयोजनाको भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । यासोक बजारमा व्यवसाय गर्दै आएका पौडेलले २ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन ।

तमोर लिफ्ट खानेपानी आयोजनाको भवन निर्माणको लागि उपयुक्त जग्गा बजारमा नपाउँदा निर्माण कम्पनीले भवन निर्माणमा आवश्यक प्रक्रिया अघी बढाउन सकेको थिएन् । जग्गा उपलब्ध भएको स्थानमा निर्माण कम्पनीले भवन निर्माणको तयारी थालेको निर्माण कम्पनीका सन्तोश बस्नेतले बताउनुभयो ।

आयोजनाको लागि भवन निर्माणको जग्गा नहुँदा आयोजनाको काम नै पछि पर्दै गएको र यसले गर्दा सुख्खाग्रस्त क्षेत्रमा पानि पु¥याउने काम ढिलो हुने भएकोले निःशुल्क जग्गा प्रदान गरेको पौडेलले बताउनुभयो ।

पौडेलेले प्रदान गरेको जग्गामा खानेपानी आयोजनाको ५ कोठे भवन निर्माण गरिने निर्माण समितिका उपाध्यक्ष जगतजंग लावतीले बताउनुभयो ।

सम्बन्धित समाचार