वाणिज्य बैङ्कको स्थापना दिवसमा फलफुल बितरण



संखुवासभा, माघ १० गते । राष्ट्रिय वाणिज्य बैंकको ५३ औँ स्थापना दिवस तथा वार्षिक उत्सबको अवसरमा बैंकको खाँदबारी शाखाले फलफुल वितरण गरेको छ । बैंकले आज तुम्लिङटार स्थित मनकामना बृद्धआश्रमका ३३ जना बृद्धबृद्धा र श्री हरि आध्यात्मिक गुरुकुलमा अध्ययरत विद्यार्थीलाई फलफुल बितरण गरिएको हो ।

बैंकको खाँदबारी शाखाका प्रबन्धक दिनेश बान्तावा राई लगायतका कर्मचारीहरु मनकामना क्षेत्रमा पुगेर फलफुल वितरण गरेका हुन् । हाम्रो समाजको बृद्धबृद्धाहरु गहना भएको र उनीहरुको दिर्घ जीवनको कामना सहित फलफुल विरतण गरिएको खाँदबारी शाखाका प्रबन्धक राईले जानकारी दिनुभयो ।

राष्ट्रिय बाणिज्य बैङ्कको स्थापना बि.सं. २०२२ साल माघ १० गते भएको थियो भने खाँदबारीमा वि.स. २०३३ सालमा शाखा स्थापना भएको हो ।

सम्बन्धित समाचार