म मन्त्रीका लागि योग्य छु, मेरो सक्षमता हेर्न केही समय कुर्नुहोस्ः कोमल वली



काठमाडौं । एमालेका तर्फबाट राष्ट्रियसभा उम्मेदवार बनेकी गायिका तथा पुर्व सन्चारकर्मी कोमल वलीले आफू मन्त्रीका लागि पनि योग्य रहेको बताएकी छिन् । अब आफू मुलुकको आर्थिक समृद्धिमा लाग्ने समेत बताइन् ।

राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता र सद्भावको प्रवर्द्धनमा लाग्ने वलीले बताएकी छिन् ।
सामाजिक न्यायमा आधारित समृद्धि प्राप्ति गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने योजनामा रहेको बताउँदै कोमलले मन्त्रीको विषयमा भने मुख खोलिनन् । ‘मन्त्रीको विषयमा अहिले नबोलौं, म मन्त्रीका लागि योग्य व्यक्ति हुँ ।’

कोमल ओली राष्ट्रियसभाको उम्मेदवार भएलगत्तै सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले कडा टिप्पणी गरेका छन् । आफूलाई व्यङ्ग्य गरेको भन्दा पनि असल कार्यकर्ताले पार्टीप्रति चिन्ता गरेको बुझेकी छिन् उनले ।

‘यो स्वाभाविक हो, पार्टीप्रति चिन्ता गर्नेहरुले यस किसिमको खबरदारी गर्नुपर्छ र यो नियमित हुनुपर्छ ।’

आफू कतिसक्षम छु भनेर देखाउन केही समय कुर्न आग्रह गर्दै उनले भनिन् ‘मेरा लागि पनि चुनौती छ, समय आएपछि काम गरेर देखाउँछु । सकिन भने मेरो क्षमताको बारेमा फेरि टिप्पणी गर्नुहोला,’ उनले भनिन् ।

एमाले पार्टीले अवलम्बन गरेको नीतिलाई कार्यान्वयन गर्न दृढ रहने योजना रहेको बताउँदै कोमलले आफूले पाएको जिम्मेवारीलाई सशक्त ढंगमा पूरा गराउने बताइन् ।
जनता न्यूज

सम्बन्धित समाचार