दिङ्लामा पूर्वाञ्चल स्तरिय तेक्वान्दो प्रतियोगिता



दिङ्ला, माघ १९ गते । भोजपुरको दिङ्लामा १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिता हिजोबाट सुरु भएको छ । आज भएको खेलमा पुरुष पहेँलो पेटी तर्फ मोरङका अनिस देवान प्रथम भएका छन् भने आयोजकका अरुण राई द्धितीय भएका छन् ।

हरियो पेटी पुरुष तर्फ सिहाका मुकेश पण्डीत र आयोजकका भुवन खत्री क्रमश प्रथम र द्धितीय भएका छन् भने महिला तर्फ मोरङका आस्था शर्मा र सुनसरीका निगम मगर द्धितीय र तृतिय भएका छन् ।  त्यस्तै आजै भएको पुरुष तर्फको नीलो पेटीको फाइनल खेलमा मोरङका सौरभ आचार्य विजेता भएका छन् भने आयोजकका सौरभ राई उपविजेता बनेका छन् ।

महिला तर्फ केरिशा आचार्य मोरङ र प्रभा ढकाल आयोजकले प्रथम र द्धितीय जित हासिल गरेको छ । यस्तै पुरुष रातो पेटी तर्फ रीतिक रसाइली आयोजक विजयी भएको छ भने महिला तर्फ झापाका चोक्पेला राई र आयोजकका लक्ष्मी राई प्रथम र द्धीतीय भएका छन् । पुरुष कालो पेटी तर्फ आयोजकका प्रतिक श्रेष्ठ प्रथम र अनिष खड्का सुनसरीका द्धितीय भएका छन् ।

भोलीसम्म चल्ने प्रतियोगितामा २० देखि ७५ केजी तौलका विभिन्न १० ओटा तौल समूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन्् । तौल समूहको फाइनल खेल भोली हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम द्धितिय र तृतीय हुनेले मेडल र प्रमाण–पत्र पाउनेछन् । सबै भन्दा बढी गोल्ड मेडल प्राप्त गर्ने जिल्ला प्रथम हुनेछ भने कास्य र रजत मेडल प्राप्त गर्ने जिल्लाहरु क्रमश दोस्रो र तेस्रो घोषित हुनेछन् ।

भोजपुर (आइटिएफ) तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच समापन गरिने छ । बिहिबार उद्घाटन भएको खेलमा पुर्वञ्चलका विभिन्न ८ जिल्लाका महिला र पुरुष गरी ८० खेलाडीहरु सहभागि छन् ।

सम्बन्धित समाचार