अत्याधिक जाडोको कारण भोटखोलाका दर्जन विद्यालय बन्द



फाईल फोटो ।

सङ्खुवासभा, माघ १९ गते । अत्याधिक जाडोका कारण सङ्खुवासभा स्थीत भोटखोला गाउँपालिकाका ११ विद्यालयहरु बन्द गरिएको छ । हिमपातसँगै अत्याधिक जाडो बढेपछि माघ महिनाभरिलाई एक महिनाको लागि विद्यालय बन्द गरिएको हो ।

जाडोका कारण भोटखोला गाउँपालिका वडा नम्बर एक स्थीत हिमालय आधारभुत विद्यालय, वडा नम्बर २ को अरुणोदय माध्यमिक विद्यालय, अरुणोदय आधारभुत विद्यालय, गंगाला आधारभुत विद्यालय, माक्पालुङ आधारभुत विद्यालय, दुधपोखरी आधारभुत विद्यालय, बुद्ध आधारभुत विद्यालय र ज्योति आधारभुत विद्यालय बन्द गरिएको छ । त्यस्तै, वडा नम्बर ३ स्थीत नागेश्वर आधारभुत विद्यालय, गुवाछेसा आधारभुत विद्यालय र वडा नम्बर ४ को हिमशिखर आधारभुत विद्यालय पनि बन्द गरिएको छ ।

अत्याधिक जाडो बढेपछि विद्यार्थीहरु अत्यन्तै न्युन संख्यामा उपस्थित हुने र उपस्थित हुनेहरु पनि जाडोको कारण विरामी पर्नसक्ने भएकोले विद्यालयहरु बन्द गर्नुपरेको भोटखोला गाउँपालिकाका श्रोतब्यक्ति गोपाल प्रसाद दाहालले जानकारी दिनुभयो । पौष मसान्त भित्र दोश्रो त्रैमासिक परिक्षा सकिएपछि विद्यालय बन्द गरिएको समेत उहाँले जानकारी दिनुभयो । एक महिना बन्द गर्दा छुटेको पाठ बर्षे विदामा विद्यालय खुलाई पठनपाठन पुरा गरिने श्रोतब्यक्ति दाहालले बताउनुभयो ।

सम्बन्धित समाचार