मनकामना बृहद साँस्कृतिक महोत्सवको आय–ब्याय सार्वजनिक




सङ्खुवासभा, माघ १९ गते । गत कार्तिक १३ गते संखुवासभाको मनकामनामा आयोजना गरिएको माता मनकामना एकादशी पर्यटकिय बृहद साँस्कृतिक महोत्सवको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । हालै जिल्ला समन्वय समितिको हलमा आयोजित एक कार्यक्रममा आयोजक मकालु साहित्य समाजले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको हो ।

आयोजक संस्थाका अध्यक्ष एवं साहित्यकार ताराबहादुर बुढाथोकीले प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ४ लाख ८ हजार ८० रुपैयाँ आमदामी रहेको र सोबाट ३ लाख ८२ हजार २ सय ३० रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । खर्च मध्ये ३ लाख ४० हजार ७ सय ७५ रुपैयाँ महोत्सवमा खर्च भएको र ४१ हजार ४ सय ६५ रुपैयाँ कार्यक्रम ब्यवस्थापन तथा कार्यलयिय प्रयोजनमा खर्च भएको जानकारी दिनुभएको थियो । सम्पुर्ण आमदामीबाट खर्च कटाएर अब आयोजकको खातामा २५ हजार ८ सय ५० रुपैयाँ बाँकी रहेको र सो रकम साहित्यक कार्यक्रममा खर्चिने समेत अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

केही स्थानीय तहबाट रकम प्राप्त भई नसकेको र रकम प्राप्त भएपछि स्मारिका प्रकाशन गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । उक्त महोत्सवको डकुमेन्ट्री तथा बृत्तचित्र पनि तयार हुँदै गरेको जानकारी दिईएको थियो । उक्त कार्यक्रममा साँस्कृतिक झाँकी प्रस्तुत गर्ने कलाकार तथा संस्थाहरुलाई सम्मान पत्र समेत वितरण गरिएको थियो ।

सम्बन्धित समाचार