१०औं पूर्वाञ्चल स्तरिय तेक्वान्दोको को उपाधि भोजपुरलाई



दिङ्ला, माघ २० –भोजपुरको दिङ्लामा आयोजित १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिताको उपाधि भोजपुरले आफनो पोल्टामा पारेको छ । भोजपुर लाईटिएफ तेक्वान्दो संघले दिंलामा आयोजनामा हिजो सम्पन्न भएको तीन दिने प्रतियोगितामा आयोजक भोजपुरले उपाधी जितेको हो ।

प्रतियोगितामा भोजपुरले १४ स्वर्ण १२ रजत र ९ ओटा कास्य पदक हात पार्दै प्रथम स्थान हात पारेको हो । द्वितिय भएको मोरङले ८ स्वर्ण ३ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै ५ स्वर्ण, १ रजत ३ कास्य पदक प्राप्त गर्दै सिराहा तृतिया भएको छ । पुरुष तर्फ २०–२४ केजि तौल समुहमा मोरङका अनिश देवान विजयी भएका छन् भने आयोजकका रविन्द्र खड्का उपविजेता बनेका छन् । त्यस्तै महिला तर्फ आयोजकका मिलाप्मा राई विजेता घोषित भए । त्यस्तै २५–३० तौल समुहमा आयोजकका विनोद ठटाल विजेता भएका छन् भने प्रतिक रेग्मी उपविजेता भएका छन् ।

त्यस्तै ३१–३५ तौल समुहमा सुनसरिका सागर अधिकारी विजेता भएका छन् भने मोरङका निरज राई उपविजेता भएका छन् भने । ३६–४० तौल समुहमा धनकुटाको मन्दिप राई विजेता भएका छन् भने आयोजकको अविरल वुढाथोकी उपविजेता भएका छन् । सोही समुहको महिला तर्फ आयोजकका बर्षा सुनुवार विजेता भएका छन् भने आयोजककै सञ्जिता राई उपविजेता भएका छन् । त्यस्तै ४१–४५ तौल समुहमा सिराहका रमन शर्मा विजेता भएका छन् भने झापाका संगीत राई उपविजेता भएका छन् । सोही समुहमा महिला तर्फ आयोजकका निश्चल राई विजेता भएका छन भने भोजपुरकी प्रभा ढकाल उपविजेता भएकी छिन् ।

त्यस्तै ४६–५० तौल समुहमा सप्तरीका किसान माहासेट विजेता भएका छन् भने धनकुटाका सुक्ला अधिकारी उपविजेता भएका छन् । महिला तर्फ आयोजकका लक्ष्मी राई विजेता भएका छन भने मोरङका सुष्मा धिमाल उपविजेता भएका छन् । ५१–५५ तौल समुहमा सुनसरीका निकेश कटुवाल विजेता भएका छन् भने भोजपुरका रन्जन विक उपविजेता भएका छन् । महिला तर्फ आयोजकका धना तामाङ विजेता भएका छन भने धनकुटाका श्रद्धा आचार्य उपविजेता भएका छन् ।

त्यस्तै ५५–६० तौल समुहमा सिराहाका प्रभात कार्की विजेता भएका छन् भने आयोजकका भूवन मगर उपविजेता भएका छन् । सोही समुहका महिला तर्फ आयोजकका डम्बर कुमारी बस्नेत विजेता भएका छन । त्यस्तै ६१–६५ तौल समुहमा भोजपुरका निशान खत्री विजेता भएका छन् भने सिराहाका रबिन देवर उपविजेता भएका छन् । त्यस्तै ६६–७० तौल समुहमा आयोजकका बिरबहादुर तामाङ विजेता भएका छन् । त्यस्तै ७१–७५ तौल समुहमा आयोजकका मिलन तामाङ विजेता बनेका छन् ।
प्रतियोगितामा झापालाई अनुसासित टिम घोषित गरिएको छ । महिला तर्फको वेष्ट फाइटर आयोजकका वर्षा सुनुवार भए भने पुरुष तर्फ झापाका अनिष देवान घोषित भएका हुन् ।

प्याट्रन तर्फको खेलमा पुरुष पहेँलो पेटी तर्फ मोरङका अनिस देवान प्रथम भएका छन् भने आयोजकका अरुण राई द्धितीय भएका छन् । हरियो पेटी पुरुष तर्फ सिरहाका मुकेश पण्डीत र आयोजकका भुवन खत्री क्रमश प्रथम र द्धितीय भएका छन् भने महिला तर्फ मोरङका आस्था शर्मा र सुनसरीका निगम मगर द्वितीय र तृतिय भएका छन् । त्यस्तै पुरुष तर्फको नीलो पेटीको फाइनल प्याट्रन तर्फको खेलमा मोरङका सौरभ आचार्य विजेता भएका छन् भने आयोजकका सौरभ राई उपविजेता बनेका छन् । महिला तर्फ केरिशा आचार्य मोरङ र प्रभा ढकाल आयोजकले प्रथम र द्धितीय जित हासिल गरेको छ । त्यस्तै पुरुष रातो पेटी तर्फ ऋतिक रसाइली आयोजक विजयी भएको छ भने महिला तर्फ झापाका चोक्पेला राई र आयोजकका लक्ष्मी राई प्रथम र द्वितीय भएका छन् । पुरुष कालो पेटी तर्फ आयोजकका प्रतिक श्रेष्ठ प्रथम र अनिष खड्का सुनसरी द्वितीय भएका छन् ।

विभिन्न १० ओटा तौल समूहमा पूर्वाञ्चलका ८ जिल्लाका ८० खेलाडीले स्पर्धा गरेको भोजपुर तेक्वान्दो संघका अध्यक्ष सुरेश राईले बताए ।

सम्बन्धित समाचार