अनिलको मृत्युले सङ्खुवासभा भलिबलमा अपुरणीय क्षतिः जिल्ला भलिबल संघ




सङ्खुवासभा, माघ २१ गते । सङ्खुवासभाका भलिबलका खेलाडी तथा जिल्ला रेफ्री अनिल अधिकारीको मृत्यूले सङ्खुवासभा भलिबल संघलाई अपुरणीय क्षति भएको जिल्ला भलिबल संघ सङ्खुवासभाका अध्यक्ष मेदिनी घिमिरेले बताउनुभएको छ ।

सङ्खुवासभालाई प्रतिनिधित्व गर्दै क्षेत्रीय स्तरमा थुप्रै खेलहरु खेलिसकेको तथा जिल्ला स्तरमा रेफ्रिको भुमिकामा थुप्रै खेल खेलाईसकेको जानकारी गराउनुहुँदै अधिकारीको अभाव खड्किने बताउनुभयो । ‘भलिबलको लागि उर्बर रहेको सिलिचोङ गाउँपालिकाको नेतृत्वको लागि सम्पुर्ण जिम्मेवारी दिएका थियौँ, राम्रो नेतृत्व पनि गरिरहनुभएको थियो’, घिमिरेले भन्नुभयो, ‘अहिले आएर कुशल नेतृत्व गुमायौँ ।’ उहाँ जस्तो शालिन नेतृत्व पाउन निक्कै मेहेनत गर्नुपर्ने उहाँको भनाई छ ।

३२ बर्षिय अधिकारी शिलिचोङ गाउँपालिका २ बालाका हुन् । शुक्रबार दिउँसो चिरानी रुख काट्ने क्रममा ढलेको रुखले लागेर घटनास्थलमा नै ज्यान गएको हो ।

सम्बन्धित समाचार