सङ्खुवासभामा गुरुङ जातिको पुस्तक बिमोचन




संखुवासभा, माघ २३ गते । पूर्वी पहाडी जिल्ला संखुवासभामा गुरुङ जाति भित्रका पोलो लामिछानेहरुको बारेमा लेखिएको पुस्तक बिमोचन गरिएको छ । गत शनिबार खाँदबारी नगरपालिका–११ हेलुवामा आयोजित एक कार्यक्रम बिच बृयबृद्ध ९३ बर्षीय पंकामायाँ गुरुङको बाहुलीबाट पुस्तक बिमोचन गरिएको हो ।

गुरुङ जाति भित्र रहेको पोलोलामिछाने जातिको बारेमा लेखिएको संखुवासभा जिल्लामा यो नै पहिलो पुस्तक भएको कार्यक्रमका प्रमुख अतिथी तथा तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद संखुवासभाका अध्यक्ष मित्रकुमार गुरुङले बताए । पुस्तकमा मानव जातिको उत्पत्ति र त्यसभित्र गुरुङ जातिको धर्मसंस्कार संस्कृति र इतिहासको खोज अनुसन्धान गरेर पुस्तकको रुपमा प्रकाशन गरेको उनले बताए ।

गुरुङ जाति भित्र पनि धेरै प्रकारका गुरुङका थरहरु हुने गर्दछ । सोही गुरुङ थर भित्रका एक थर हुन पोलो लामिछाने । यो पुस्तकमा पोलो लामिछानेको बंशावली र इतिहासका बारेमा लेखिएको पुस्तकका लेखक बिनोद गुरुङले बताए । धेरै लामो खोजअनुसन्धान र अध्ययनबाट पुस्तकको रुपमा प्रकाशन गरेको उनले भनाई छ । पुस्तक बिनोद गुरुङ र भोलामान गुरुङले संयुक्त रुपमा लेखेका हुन ।

कार्यक्रममा ८६ बर्षीय बीरबहादुर गुरुङ, ७८ बर्षीय कर्णबहादुर गुरुङ, ७७ बर्षीय प्रेमबहादुर गुरुङ, ७५ बर्षीय ललिमायाँ गुरुङ, ७८ बर्षीय सिन्दुरी गुरुङका साथै लेखकद्धयलाई समेत खाँदा अबिर र दोसल्लाद्धारा सम्मान गरिएको थियो । यस्ता खालका इतिहासमुलक खोजअनुसन्धानले भबिष्यमा समेत प्रमाणका रुपमा काम गर्ने भएकाले पूराना बुढापाका अभिभावकहरुले आफुले जानेबुझेका कुराहरु नयाँ पुस्तालाई बताउनु पर्ने कार्यक्रममा उपस्थित बुद्धिजिबी बक्ताहरुले जोड दिए । यो पुस्तक हेलुवाली पोलोलामिछानेको इतिहास भने पनि यो पुस्तक समग्र गुरुङ जातिको इतिहाससंग सम्बन्धित रहेको कार्यक्रमका बक्ताहरुको भनाई थियो ।

कार्यक्रममा बरुण गुरुङ, रिता गुरुङ, प्रेमबहादुर गुरुङ र मनिराज गुरुङ लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए भने कार्यक्रम सन्देश गुरुङले संचालन गरेका थिए ।

सम्बन्धित समाचार