प्रशासनद्वारा सङ्खुवासभाका सरकारी कार्यालयमा छड्के अनुगमन



सङ्खुवासभा, माघ २४ गते । जिल्ला प्रसासन कार्यालय सङ्खुवासभाले मंगलबार जिल्ला भित्रका सरकारी कार्यालयलाई छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको नेतृत्वमा जिल्लाका १४ सरकारी कार्यालयलाई अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा ४ कार्यालयका २० जना कर्मचारीहरु विदा स्वीकृत नगराई गयल भएको पाईएको छ । जिल्ला भुसंरक्षण कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, खानेपानी कार्यालय र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु गयल भएको पाईएको प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो । २० मध्ये कार्यालय प्रमुख २, अधिकृत २, सहायक अधिकृत ११ र ५ कार्यालय सहयोगी गयल भेटिएको उहाँले जानकारी दिनुभयो ।

विना स्वीकृति कार्यालयमा अनुपस्थित हुने कर्मचारीहरुलाई कारबाहीको लागि सम्बन्धीत कार्यालयलाई पत्र पठाईसकिएको समेत उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार