मांसिमा खानेपानी आयोजनाको बिषयमा सार्वजनिक सुनुवाई हुने



संखुवासभा, माघ २७ गते । विवादित बन्दै आएको मांसिमा खानेपानी आयोजनाको सार्वजनिक सुनुवाई गरिने भएको छ । उपभोक्ताको चरम असन्तुष्टी बढेपछि असल शासन क्लव संखुवासभाले आयोजनामा भएका समस्या, यसका समाधान र आयोजनाको कार्य प्रगतिबारे प्रष्ट पार्न सरोकारवाला निकाय र उपभोक्ताहरु बिच सार्वजनिक सुनुवाईका लागि पहल गर्ने भएको छ ।

खाँदबारीमा बढ्दै गएको पानीको चरम अभावका कारण उपभोक्ताको साझा समस्याको नियामक निकायलाई जवाफ देही गराउन सार्वजनिक सुनुवाईको कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक सन्तोष चापागाईले बताउनुभयो । शुक्रबार क्लवले खाँदबारी नगरपालिकाका विभिन्न टोल विकास संस्थाका ३७ पदाधिकारीहरुबाट आफ्ना टोलमा भएको खानेपानीको समस्या संकलन गरेको छ ।

आएका समस्या माथि छलफल गर्दै आगामी फागुन ३ गते सार्वजनिक सुनुवाई गर्ने निर्णय समेत गरेको कार्यक्रम संयोजक चापागाईले बताउनुभयो । सुनुवाईमा जवाफदेही पक्ष, सरोकारवाला निकाय र उपभोक्ताहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार