शिलिचोङमा ईन्टरनेट सेवा जडान




सङ्खुवासभा, माघ २८ गते । सङ्खुवासभाको शिलिचोङ गाउँपालिकामा आजबाट ईन्टरनेट सेवा जडान गरिएको छ । जिल्लाकै दुर्गम शिलिचोङमा ईन्टरनेट जडानसँगै नियमित कार्यालय सञ्चालन तथा सञ्चार कार्यमा सहजता आएको छ ।

एक महिना अघिदेखि ईन्टरनेट जडानको लागि पहल गरिएको र हालै टावर जडान सकिएसँगै चार एम्बिपिएस क्षमताको ईन्टरनेट जडान गरिएको शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो । दुर्गम क्षेत्रभएकोले विभिन्न कठिनाईका विच जोडिएको ईन्टरनेट एक महिनासम्म परिक्षण गरेर थप ब्यपकता बढाईने अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

ईन्टरनेट जडान गरिएसँगै अब नियमित रुपमा गाउँपालिकाका अनलाईन अपडेट गराईने गाउँपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद निरौलाले जानकारी दिनुभयो । ईन्टरनेट जडासँगै अब बैंक स्थापनाको लागि पनि सहजता बढ्दै गएको निरौलाको भनाई छ । यसअघि नै वेबसाईट निर्माण गरिए पनि ईन्टरनेट नहुँदा प्रयोग बिहिन बनेको थियो ।

सम्बन्धित समाचार