जेठ मसान्त भित्रमा सम्पुर्ण उपभोक्ताहरुले खानेपानी पाउने




खाँदबारी, फागुन ३ गते । खाँदबारीमा आउने मांसिमा खानेपानी आयोजनाका सरोकारवाला निकायहरुले आउँदो जेठ मसान्त भित्रमा सम्पुर्ण उपभोक्ताहरुलाई खानेपानी उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् । जिल्ला स्थीत असल शासन क्लवले बिहिबार खाँदबारीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

प्रतिबद्धता पत्रमा सरोकारवाला निकाय अन्तर्गत जिल्ला समन्वय समितिका प्रमुख शुमन शाक्य, खाँदबारी नगरपालिकाका उपमेयर डेगेश्वरी श्रेष्ठ, खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नरेन्द्रकुमार राई, आषिश निर्माण सेवाका ईञ्जीनियर गोबरधन गिरी र जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका ईञ्जीनियर रबिन्द्र देवले हस्ताक्षर गरेका छन् ।

योजना सुरुभएको बर्षौ वितिसक्दा पनि उपभोक्ताहरुले खानेपानी नपाएका भन्दै गुनासो बढेपछि सरोकारवाला निकाय र उपभोक्ताहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ताहरुले निरन्तर रुपमा खानेपानी नपाएको गुनासो ब्यक्त गरेका थिए । उपभोक्ताहरुको गुनासो सुनुवाई गर्दै सरोकारवालाहरुले उपभोक्ताहरुको जायज मागहरु आगामी जेठ मसान्त भित्र पुरा हुने बताएका छन् ।

सम्बन्धित समाचार