संखुवासभामा माटोले पुरिएर सासु बुहारीको मृत्यू



सङ्खुवासभा, फागुन ७ गते । सङ्खुवासभाको मादी नगरपालिकामा हिजो माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ । घर पोत्ने रातोमाटो निकाल्ने क्रममा मादी नगरपालिका ४ श्रीजुङका का ५५ बर्षीय टिकामाया विश्वकर्मा र उनकै बुहारी २३ बर्षिय मनिशा विश्वकर्माको ज्यान गएको हो ।

हिजो दिउँसो करिब १० बजे नै उनीहरु माटो लिन निस्केको भएपनि दिउँसो ४ बजे घटना स्थलमा माटोले पुरिएको अवस्थमा मोबाइलको घण्टी बजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलबाट मृत्तअवस्थामा दुवैको शव उत्खनन गरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार