शिलिचोङ गाउँपालिकामा रुखले किच्याएर एकको मृत्यू




सङ्खुवासभा, फागुन ७ गते । सङ्खुवासभाको शिलिचोङ गाउँपालिकामा रुखले किच्याएर एक जनाको ज्यान गएको छ । आज दिउँसो रुख काट्ने क्रममा शिलिचोङ गाउँपालिका १ शिसुवाखोलाको सिक्टेमटारमा रुखले किच्याएर ६२ बर्षिय भद्रबहादुर राईको ज्यान गएको हो ।

चिलाउनेको रुख काट्ने क्रममा अर्को रुखमा अड्किएको र सो रुखपनि काट्ने हुँदा दुवै रुखले किच्याएर घटनास्थलमै राईको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष खड्कालेजानकारी दिनुभयो ।

मृत्तकको शव पोष्ट मार्टमको लागि आज राति जिल्ला अस्पताल खाँदबारी ल्याईने डिएस्पीले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार