खाँदबारी नगरपालिका वडाध्यक्षको मृत्यु




सङ्खुवासभा, फागुन १३ गते । हृदयघातको कारण खाँदबारी नगरपालिका ३ का वडाध्यक्षको मृत्यु भएको छ । आईतबार विहान नगरपालिकाको बैठकमा सहभागी हुन घरबाट निस्कीएका ६५ बर्षिय तोयानाथ ढुङ्गानाको बाटैमा मृत्यू भएको थियो ।

खाँदबारीको झरिथुम्का भन्ने स्थानमा एक्कासी ढलेपछि खाँदबारी अस्पताल ल्याउने क्रममा ढुङ्गानाको ज्यान गएको हो । ढुङ्गाना गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएको थिए ।

एक महिना अघि नेकपा एमालेबाटै निर्वाचित मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको पनि जिप दुर्घटनामा मृत्यू भएको थियो ।

सम्बन्धित समाचार