चट्याङबाट संखुवासभामा तीन लाख बढीको क्षती




सङ्खुवासभा, फागुन १४ गते । आईतबार साँझ सङ्खुवासभाको पाँचखपन नगरपालिका ८ पोख्राङमा चट्याङ लाग्दा तीन लाख रुपैयाँ बढीको क्षती भएको छ । चट्याङबाट चार चौपाय मरेको छ भने आगलागीबाट काठ जलेर उक्त मुल्य बराबरको क्षती भएको छ ।

चट्याङ लागेपछि स्थानीय नगेन्द्र न्यौपानेको मतानमा रहेको विजुलीको मिटर बक्सबाट आगो सल्केर मतान सहित एक सय कि.बि. काठ जनेर नष्ट भएको छ । आगलागीसँगै एक बाख्रा समेत मरेको प्रहरीले जनाएको छ । चट्याङबाट न्यौपानेको मात्र २ लाख ५० हजार बढीको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, सोही चट्याङले पोख्राङकै स्थानीय बालकृष्ण खड्काको गोठमा बाँधीराखिएको एक भैंसी, एक पाँडो र एक बाछो गरि करिब एक लाख १५ हजार रुपैँया बराबरको चौपाय मरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । चट्याङबाट स्थानीय ७ घरको विद्युत मिटर बक्स जलेको समेत उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार