सङ्खुवाभसामा यसरी मनाईयो होली (फोटो फिचर सहित)



सङ्खुवासभा, फागुन १८ गते । असत्यमाथी सत्यको जीतको प्रतिकको रुपमा मनाईने रंगहरुको पर्व होली हिजो सङ्खुवासभाको विभिन्न स्थानहरुमो हर्सोल्लासका साथ मनाईएको छ । विबिध साँस्कृतिक कार्यक्रम तथा बनभोजको कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

होलीको दिन सार्वजनिक विदा समेत परेको हुँदा जिल्ला सरकारी तथा अन्य कार्यालयका कर्मचारीहरुको बाक्लो सहभागितामा बनभोजको आयोजना गरेका छन् । युवाहरु भने सामुहिक रुपमा भेला भई रंग दल्ने तथा लोला हानेर होली मनाएका छन् । हिजो सङ्खुवासभाको मनकामना क्षेत्र, सभा खोला, छ्याङ्कुटी डाँडा, लहरी खर्क, चिचिला बजार लगायतका क्षेत्रमा बनभोजले भरिभराउ थियो ।

खाँदबारीको रमाइलो मेलामा पनि होली खेल्नेहरुको घुइचो उल्लेखनीय थियोे भने चैनपुरको पोखरी बजारमा होली विशेष सांगितिक कार्यक्रम आयोजना गरिएको थियो । संगीत नैे इनाम, कला र संस्कृतिको सम्मान भन्ने मुल नाराका साथ सांगितिक सरगम चैनपुर ३ ले आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकर्मीहरुले बेजोडको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

केही छिटफुट सानातिना घटनाहरु बाहेक जिल्लामा शान्तिपुर्ण तरिकाले होली सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । यस बर्षको होली कुनै बिवाद रहित सम्पन्न भएको खड्काको भनाई छ । पहाडी तथा हिमाली क्षेत्रमा हिजो मनाईएको होली तराई क्षेत्रमा आज मनाईदै छ ।

होलीको केही तस्विरहरुः

फोटोः विपिन श्रेष्ठ

सम्बन्धित समाचार