कृतिम हात जोड्न एघार लाख बढी सहयोग




सङ्खुवासभा, फागुन १८ गते । एक बर्षअघि करेन्ट लागेर दुवै हात गुमाएका खाँदबारीका ११ बर्षिय सन्ध्या पन्तको कृतिम हात राख्नको लागि सङ्कलन भएको रकम आज हस्तान्तरण गरिएको छ । विभिन्न संघसंस्थाहरुको पहलमा सङ्कलन भएको एघार लाख भन्दा बढी रकम एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।

सङ्खुवाभसा कम्युनिटी अफ युएसए बाट ३ लाख ४६ हजार ८ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । त्यस्तै, हेल्पीङ ह्याण्डसले सङ्कलन गरेको ५ लाख १७ हजार रुपैयाँ सङ्खुवासभा कम्युनिटि आफ युएसएका लागि सङ्खुवासभा कोर्डिनेटर एवं हेल्पीङ ह्याण्डस् सङ्खुवासभाका अध्यक्ष किरणकुमार शाक्यले पिता सन्ध्याका बुवा तिर्थ पन्तलाई हस्तान्तरण गर्नुभएको छ । त्यस्तै, विद्युत प्राधिकरणले पनि २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

पन्तको गत चैत २० गते हाईटेन्सनको करेन्ट लागेर दुवै हात काटिएको थियो । उनको कृतिम हात आगामी शुक्रबार भारत स्थीत ओटोभोक ईण्डीया प्रालि नामक अस्पतालमा लगाईने उनका बुवा तिर्थ पन्तले जानकारी दिनुभयो । उनको कृतिम हात लगाउन करिब एक करोड लाग्ने समेत जानकारी दिनुभयो । कक्षा पाँचमा अध्ययनरत पन्त विद्यालयबाट घर फर्किने क्रममा हाईटेन्सनको लाईमा करेन्ट लागेको थियो ।

सम्बन्धित समाचार