उन्नती सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई




सङ्खुवासभा, फागुन २० गते । सामुदायिक रेडियो खाँदबारी एफ एमले अलैंची, दुध, चिया र अदुवाका कृषक तथा सरोकारवालाहरु विच सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । रेडियोले सङ्खुवासभा उद्योग वाणिज्य संघको हलमा उन्नती समावेशी बृद्धि कार्यक्रम अन्तर्गत सेवा प्रदायक सरकारी र गैह्र सरकारी संघ/संस्थाबाट किसानले प्राप्त गर्ने सेवा सुविधा, ब्यावसाय जन्य स्वास्थ्य र सुरक्षा विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

खाँदबारी एफ एमका सञ्चालक समितिका अध्यक्ष सरोजकुमार बज्राचार्यको अध्यक्षता तथा सङ्खुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थीत सरोकारवाला निकायका कार्यालय प्रमुख र किसानहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उन्नती परियोजनाले प्रबद्र्धन गरेको अलैंची, दुध, चिया र अदुवाको उत्पादन र बजारिकरण बारेमा छलफल गरिएको थियो । सरोकारवाला निकायको तर्फबाट उपस्थित जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत रविलाल शर्माले अलैंचीको उत्पादन बढाउनको लागि उन्नत जानको बिरुवा लगाउनु पर्ने बताउनुभयो । विरुवा लगाएर पनि उचित सिंचाई र मल लगाउन सके मात्र राम्रो उत्पादन बढ्ने बताउनुभयो ।

त्यस्तै, राजनितिक दलहरुको तर्फबाट बोल्नुहुँदै नेकपा एमाले सङ्खुवासभाको सचिव खड्गबहादुर राईले युवाहरु कृषीमा आकर्षीत पार्नसके मात्र कृषीमा क्रान्ती ल्याउन सकिने बताउनुभयो । पढेलेखेका युवाहरुलाई कृषी क्षेत्रमा ल्याउन सके अलैँची, चिया, दुध र अदुवामा मात्र नभएर सम्पुर्ण कृषी क्षेत्रबाट राम्रो आमदामी लिन सकिने उहाँले बताउनुभयो । यहिँ आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरि चिचिला गाउँपालिकामा आधुनिक भट्टि र भण्डारण घर बनाउन लागेको सङ्खुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार