अरुण तेश्रोको सामग्री लिएर आएको ड्राईभर मृत्त फेला



सङ्खुवासभा, फागुन २८ । अरुण तेश्रो परियोजनाको निर्माण सामग्री लिएर आएको भारतीय सवारी चालक मृत्त अवस्थामा भेटिएको छ । फ्याक्सीन्दा दोभान स्थीत ड्यामसाईड निर्माण स्थलको निर्माण सामग्री लिएको ट्रक चालक उमाकान्त सिंहको ट्रक भित्रै मृत्त अवस्थामा सोमबार दिउँसो भेटिएको हो ।
मकालु गाउँपालिका ४ नुम बजारमा ट्रक रोकिराखेको अवस्थामा ट्रक भित्रै सिंहको मृत्यू भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । मृत्तक सिंहले डब्लु बि–७६–७१४४ नम्बरको ट्रकबाट निर्माण सामग्री लिएर आएको थियो । के कारणले उनको मृत्यू भएको हो, सो खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी खड्काको भनाई छ ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालयले गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । मृत्तक अन्तरदेशिय भएकोले शब भारतिय राजदुतावासलाई बुझाईने र प्रकृया पुरा नभएसम्मको लागि शव सुरक्षित राख्न धरान पठाईएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार